
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाका बारेमा छलफल हुने र प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाको काम आजैदेखि सुरू हुने स्रोतले जनाएको छ । प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि चुस्तदुरुस्त सरकारी संरचना बनाइने र त्यसको सुरूवात प्रधानमन्त्री कार्यालयबाटै गर्ने बताएका थिए। यस्तै बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने बताइएको छ ।