
काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी पनि तोलाको ३५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।