
रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाका विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मृतकको सङ्खया २ पुगेको छ । बालकुमारीमा भएको झडपमा थप एक जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या २ पुगेको हो । प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी गम्भीर घाइते भएका थप एक जनाको पाटन अस्पतालका क्रममा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि झडपमा परी गम्भीर घाइते भएका एक जनाको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।