
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बाहिर देखिएजस्तो पार्टीभित्र कुनै बिमती नभएको बताएका छन् । केन्द्रीय समिति बैठकका निर्णयबारे जनाकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता विश्वकर्माले पार्टीको केन्द्रीय समितिले गरेका निर्णयमा कुनै पनि बिमती नभएको बताएका हुन् । उनले भने, ‘महामन्त्रीज्यूले बाहिर केके बोल्नु भयो भन्ने कुरा आएको छ तर उहाँले गलत किसिमले भन्नु भएको होइन । पार्टी बैठकमा सर्वसम्मत रुपमा निर्णय भएको हो । उनले कांग्रेसले कसैलाई पाखा लगाएर एकलौटी निर्णय गर्ने नसक्ने बताए ।