जोडिनुहोस
  • होमपेज
  • माधव नेपाल भन्छन्- एमाले संसद् विघटनको दाउमा छ

माधव नेपाल भन्छन्- एमाले संसद् विघटनको दाउमा छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।

बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संविधान मिच्ने कुरालाई समर्थन नहुने बताए।

उनले भने, ‘एमाले भित्र अब अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ। विघटन गर्न सकिन्छ। मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ। त्यो बाटोमा त हामी जान सक्दैनौँ। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकताको सम्भावना नरहेको उल्लेख गर्दै विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहे प्रस्ट्याए। उनले केही व्यक्तिले पार्टी छाड्नु र प्रवेश गर्नु नियमित प्रक्रिया भएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics