जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • युक्रेनी सेना अघि बढेको छैन, स्थिति हाम्रै नियन्त्रणमा : रुस

युक्रेनी सेना अघि बढेको छैन, स्थिति हाम्रै नियन्त्रणमा : रुस

रुसले पूर्वी युक्रेनमा युक्रेनी सेना अघि बढेको समाचारको खण्डन गरेको छ । यो समाचार रुस समर्थक स्रोतले दिएको थियो तर रुसले यसलाई अस्वीकार गरेको छ ।

वास्तवमा, रुसको तर्फबाट लडिरहेको निजी सेना वाग्नर समूहका प्रमुख येभगिनी प्रिगोजिनले बखमूतमा नियमित रुसी सैनिक मोर्चा छोडेर भागिरहेको बताएका थिए ।

रुसी सेनाका ब्लगरहरूले बिहीबार युक्रेनी सेना केही क्षेत्रमा अगाडि बढिरहेको जानकारी दिएका थिए । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका थिए, ‘हाम्रो तर्फबाट जवाफी हमला गर्नु हतार हुनेछ ।’

जेलेन्स्कीले युरोभिजन न्युजका सदस्य पब्लिक ब्रोडकास्टर्सलाई दिएको एक टिभी अन्तरवार्तामा भने, ‘हामी जहाँसम्म पुगेका छौँ, त्यहाँबाट अघि बढ्न सक्छौँ । यसमा हामीले सफलता पाउनेछौँ । तर हामी अघि बढे धेरैको ज्यान जान सक्छ । मेरो विचारमा यो ठिक हुँदैन । त्यसैले हामीले प्रतीक्षा गर्नुपर्छ । हामीलाई अझै केही समय चाहिन्छ ।’

यद्यपि, रुसका रक्षा मन्त्रालयका प्रवक्ताले भने, ‘टेलिग्राममा कसैले केही भनिरहेको छ र थुप्रै मोर्चामा सफलताको घोषणा गर्छ भने यसको अर्थ युक्रेनी सेनाले सफलता पाइरहेको छ भन्ने होइन । ’

उनले थपे, ‘खासमा स्पेसल मिलिट्री अपरेसन जोनमा स्थिति हाम्रो नियन्त्रणमा छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Cashback abuse prevention and user impact