जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • हवाई भाडामा अरूले मात्र फाइदा लिने परिपाटीको अन्त्य गर्न ट्याक्स : अर्थमन्त्री

हवाई भाडामा अरूले मात्र फाइदा लिने परिपाटीको अन्त्य गर्न ट्याक्स : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आवश्यकताले नै हवाई भाडालाई पनि भ्याटको दायरामा ल्याउनु परेको प्रष्ट पारेका छन् ।

सोमबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रिय हवाई सेवामा अन्यले ट्याक्स लगाउने गरेको तर आफूले मात्र छुट दिँदा फाइदा अरुले नै लिइरहेको जनाउँदै यस्तो कार्य रोक्न भाडामा भ्याटको व्यवस्था गरिएको बताए ।

‘अन्तर्राष्ट्रिय उडानहरुका लागि गरिएको बाइल्याटर सम्झौतामा हामीले ट्याक्स नलगाउने व्यवस्था गर्‍यौ । तर यसबाट फाइदा अरुले नै लिए । हामीलाई कुनै फाइदा भएन त्यसैले भाडामा भ्याट लगायौँ’ उनले भने ।

यसले बाहिरबाट टिकेट काट्नेलाई मात्र नभई नेपालबाट टिकेट काट्नेलाई समेत ट्याक्सको दायरामा ल्याउने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
‎The Revenant Apple TV