जोडिनुहोस
  • होमपेज
  • उद्धव थापाको बरखास्तको माग राख्दै परेको रिटको सुनुवाइ सकियो, आजै आदेश आउने

उद्धव थापाको बरखास्तको माग राख्दै परेको रिटको सुनुवाइ सकियो, आजै आदेश आउने

कोशी प्रदेश सरकारको बरखास्तको माग राख्दै सवोच्चमा परेको रिट निवेदनेका विषयमा सुनुवाइ सकिएको छ । रिटमाथिको आदेश पनि आजै आउने बताइएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तिको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेबतीरमण भण्डारीले जानकारी दिए ।

लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको मुद्दा आज सपना मल्लको इजलासमा परेको थियो । आजको सुनुवाइमा बरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेल, बावुराम दाहाल, कृष्ण भक्त पोखरेल डा सुरेन्द्र भण्डारी र केदार दाहालले बहस गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?