जोडिनुहोस
  • होमपेज
  • भारतले अन्तर्राष्ट्रिय इन्टरनेट गेटवेका लागि भुटानलाई सहयोग गर्ने

भारतले अन्तर्राष्ट्रिय इन्टरनेट गेटवेका लागि भुटानलाई सहयोग गर्ने

थिम्पु— भारतले भुटानको तेस्रो अन्तर्राष्ट्रिय इन्टरनेट गेटवेको विकासका लागि सहयोग गर्ने घोषणा गरेको छ।

भुटानस्थित भारतीय दूतावासका अनुसार सरकारले गेटवे सञ्चालनको लागत कम गर्न सहुलियत दरमा ऋण सहजीकरण गर्ने जनाएको छ ।
नयाँ गेटवेले रिडन्डन्सी बढाउनुको साथै भुटानको ग्रामिण भेगमा जडान हुने, इन्टरनेट ब्यान्डविथ बढ्ने र प्रयोगकर्ताहरूको लागि इन्टरनेट जडानको लागत घट्ने थिम्पुस्थित भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भारतले भुटानसँग प्रविधि पहलहरूमा सहकार्य गर्दै आएको छ। भुटानको राष्ट्रिय कार्यक्रम ‘डिजिटल ड्रुकुल’ अन्तर्गत भुटानका सबै २० जिल्लामा गेउग (गाउँ) सम्म अप्टिकल फाइबर उपलब्ध गराइएको छ ।

थप रूपमा, टेलिमेडिसिन सेवा, अनुसन्धान र शिक्षाको क्षेत्रमा भुटानका प्रयोगकर्ताहरूको फाइदाको लागि भारतको राष्ट्रिय ज्ञान नेटवर्क र भुटानको ड्रक रिसर्च एण्ड एजुकेशन नेटवर्क बीच सम्झौता भएको छ ।

भारतले भुटानका लागि तेस्रो अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे, सामाजिक फाइदाका लागि अन्तरिक्ष प्रविधिको उपयोग, ुडिजिटल ड्रुक्युलु, एनकेएन–ड्रुक्रेन शिक्षा नेटवर्क, भारत–भुटान ई—लाइब्रेरी परियोजना, सीमापार फिनलगायतका क्षेत्रमा भुटानसँग सहकार्य गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond