जोडिनुहोस
  • होमपेज
  • २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

२० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने भएको छ । राष्ट्र बैंकले आइतबार उक्त दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिने आशयपत्र जारी गरेको हो ।

बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको केन्द्रीय बैंकको आशयपत्रमा उल्लेख छ ।

केन्द्रीय बैंकले ४६ लाख ९८ हजार ६५० अमेरिकी डलर अथात् नेपाली रुपैयाँ करिब ६२ करोड २१ लाख ६२ हजार रुपैयाँ लागतमा २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने ठेक्काका लागि उक्त कम्पनी छनोट गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to calculate predetermined overhead rate