जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • नायिका स्वस्तिमा खड्का युएई भ्रमणमा जाँदै, नेपालीहरुलाई भेट्ने

नायिका स्वस्तिमा खड्का युएई भ्रमणमा जाँदै, नेपालीहरुलाई भेट्ने

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेससमेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् युएई जाने भएकी छन् । ईसेवा मनि ट्रान्सफरको “मेरो डिजिटल देश” योजना अन्तर्गत अल अन्सारी एक्सचेन्ज र ईसेवा मनिट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ शनिबार युएई जान लागेकी हुन् ।

शनिवार १८ फेब्रुअरी- अल खाइल मल शाखामा साँझ ५ बजे देखि ६:३० बजेसम्म, १९ फेब्रुअरी आईतबारका दिन सेन्ट्रल मल शाखामा दिउँसो २ बजे देखि ३ बजेसम्म रहेछिन् । यस्तै खड्काले दुबईस्थित अल घुराइर मलमा १९ फेब्रुुअरी कै दिन एक विशेष कार्यक्रममा समेत सहभागि हुनेसमेत बताइएकाे छ । सो कार्यक्रममा नायिका खड्काले सहभागि सवैसंग साँझ ४ बजेदेखि साँझ ७ बजेसम डिजिटल रेमिट्यान्सको बारेमा छलफल र नेपालीहरुसंग अन्तरक्रिया गर्नेछिन् । त्यसैगरी २० फेब्रुअरी सोमबार आबुधावी स्थित हमदान शाखामा दिउँसो ४ बजे देखि ५ बजेसम्म रहनेछिन् ।

अल अन्सारी एक्सचेन्ज संयुक्त अरव इमिरेट्स युएईको सवैभन्दा ठूलो रेमिटेन्स कारोबार गर्ने एक्सचेन्ज कम्पनी हो । अहिले ईसेवा मनि ट्रान्सफरले “मेरो डिजिटल देश” योजना सञ्चालन गरिरहेको छ । “मेरो डिजिटल देश” योजनाले विश्वभर बाट नेपालमा बैंक खाता वा वालेट मार्फत रेमिट्यान्स भित्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यो अभियानमा सहभागीहरुलाई विभिन्न उपहार समेत दिइरहेको छ ।

“मेरो डिजिटल देश” योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने १ जनालाई काठमाडौंमा घर समेत दिने योजना इेसेवा मनि ट्रान्सफरले अघि सारेको छ । नायिका खड्काले यो योजना अन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहेका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताएकी छन् । उनले युएईमा आफूले सकेसम्म धेरै नेपालीसंग भेट्ने आकांक्षा रहेकाे बताइन् । साथै उनले पुर्वनिर्धारित कार्यक्रम स्थलमा समेत सहभागी हुन युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Cashback abuse prevention and user impact