जोडिनुहोस
  • होमपेज
  • समृद्ध श्रीलंका निर्माणका निम्ति नयाँ सुरुवात गर्न राष्ट्रपतिद्धरा आह्वान

समृद्ध श्रीलंका निर्माणका निम्ति नयाँ सुरुवात गर्न राष्ट्रपतिद्धरा आह्वान

कोलम्बो– राष्ट्रपति रनिल विक्रमासिङ्घेले समृद्ध श्रीलंका निर्माणका निम्ति नयाँ सुरुवात गर्न आह्वान गरेका छन् । सिंहला र तमिल नववर्षका अवसरमा आज जारी गरेको सन्देशमा उनले देशलाई वर्तमान चुनौतीबाट पार लगाउन नवीन सुरुवातका निम्ति आह्वान गरेका हुन् ।

‘गत वर्ष हाम्रो दैनिक जीवनमा बाधा पुर्‍याउने अभूतपूर्व आर्थिक संकट झेल्नुपर्‍यो अहिले हामीले अथक कष्टबाट मुक्त भएर नयाँ वर्षको अनुष्ठानमा भाग लिन पाएका छौँ, सन् २०२३ ले श्रीलंकाका लागि सन्तोषजनक वातावरण ल्याएको छ । अहिलेको तुलनामा देशलाई अझ समृद्ध बनाउने प्रयासमा हामी एकताबद्ध भएर अघि बढ्न जरुरी भएको छ,’ सन्देशमा राष्ट्रपति विक्रमासिङ्घेले भनेका छन् । 

राजनीतिक सम्बद्धता, जातीय र धार्मिक विविधता  भए पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माणका निम्ति नयाँ सुरुवात अपरिहार्य भएकामा जोड दिँदै श्रीलंकाली राष्ट्रपतिले एक राष्ट्रको रूपमा एकताबद्ध भएर अगाडि बढेमा समृद्धि प्राप्त गर्ने आकांक्षा हासिल गर्न कठिन नहुने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help