जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १६ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • २६ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • २ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • यती एयर दुर्घटनाः चालक परिवर्तन मुख्य कारक

यती एयर दुर्घटनाः चालक परिवर्तन मुख्य कारक

यती एयरलाइन्सको माघ १ गते पोखरामा भएको दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि विमान उडानको नेतृत्व सहचालकबाट मुख्य चालकले लिएको पाइएको छ। दुर्घटना जाँच आयोगले सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सिट (जुन मुख्य कमान्ड दिने ठाउँ हो) मा क्याप्टेन अञ्जु खतिवडा बसेको र प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेको पाइएको छ।

हवाई विज्ञका अनुसार दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन्। ‘खतराको सङ्केत प्राप्त भएपछि १०ः५७ः१८ बजे विमानको नियन्त्रण पीएफ (अञ्जु खतिवडा)ले पीएम (कमल केसी) लाई सुम्पेको’ प्रतिवेदनमा उल्लेख छ। त्यस क्रममा खतिवडाले इन्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको धावन मार्ग वानटूबाट भीएफआर ९आँखाले हेरेर हुने० उडान तथा अवतरणको अनुमति दिनुअघि विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन आवश्यक रहेको देखिएको छ। प्रतिवेदनमा धावन मार्गको पश्चिमतर्फबाट भीएफआर उडान तथा अवतरण गराउनुअघि जहाजको उचाइ र जहाजले अवतरण गर्न सक्ने अवस्थाबारे विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन सरकारलाई सिफारिस गरेको हो।

जहाज दुर्घटना हुनुपूर्व चालक दलले सुरुमा विमानस्थलको पूर्वतर्फ ९थ्रीजिरो०बाट अवतरणको अनुमति मागेको र विमानस्थलको हवाई ट्राफिक कन्ट्रोल (एटीसी) ले अवतरणको लागि धावन मार्ग क्लियर रहेको निर्देशन दिएको थियो तर पछि चालक दलले पहिलो निर्णयलाई बदल्दै धावन मार्गको पश्चिम (वानटू)बाट अवतरणको अनुमति मागेकाले पश्चिमतर्फबाट हुने उडानमा कडिकडाइ गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

आयोगले जहाजका दवबै प्रोपेलर फेदरमा गएको, मानवीय कारण र भिजुअल एप्रोच प्रोसिजर्सको विषयमा समेत थप अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ। आयोगले मानवीय त्रुटि, प्राविधिक कारण र अवतरण गर्ने मार्गमा रहेको त्रुटिलाई समेत ध्यानमा राख्दै ‘स्कोप अफ इन्भेस्टिगेसन’ सूची सार्वजनिक गरेको छ। जहाज दुर्घटनाको मुख्य कारण बेस लेगमा रहेका बेला दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91