जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।

शनिबार राति भएको खेलमा सिटीले लेस्टर सिटीलाई ३(१ गोल अन्तरले हराएको हो। सिटीको जितमा अर्लिङ हालाण्डले दुई गोल गरे । जोन स्टोन्सको नाममा एक गोल रह्यो। लेस्टरका केलिची इहानाचोले एक गोल फर्काए।

जितसँगै सिटीले ३० खेलमा ७० अंक जोडेको छ। सिटी दोस्रो स्थानमा रहेको छ। लेस्टर २५ अंक जोडेर १९ औं स्थानमा रहेको छ।

गएराति नै भएको खेलमा चेल्सीलाई ब्राइटनले २-१ गोल अन्तरले हराएको छ। यस्तै टोटेनहमलाई बर्नेमाउथले ३-२ गोल अन्तरले हराएको छ भने उल्भ्सले ब्रेन्टफोर्डलाई २-०, क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई २-० र फुलहमले एभर्टनलाई ३-१ ले हरायो।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК