जोडिनुहोस
  • होमपेज
  • एसीसी प्रिमियर कप : नेपालको टोली घोषणा

एसीसी प्रिमियर कप : नेपालको टोली घोषणा

काठमाडौं । घरेलु भूमिमा मंगलबारबाट आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आईतबार प्रिमियर कप खेल्ने १४ सदस्सीय अन्तिम टोली घोषणा गरेको हो।

एसियन क्रिकेट काउन्सिल(एसीसी) को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । नेपालको समूह चरणका तीन खेल टियु मैदानमा हुँदा एक खेल मुलपानी मैदानमा हुनेछ ।

प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।  नेपालले बैशाख ५ मा मलेसियाविरुद्ध टियु मैदानमा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

दोस्रो खेलमा बैशाख ८ मा ओमानविरुद्ध टियु मैदानमा नै खेल्ने नेपालले तेस्रोखेल भने मुलपानी मैदानमा बैशाख ११ मा साउदी अरेबियाविरुद्ध खेल्नेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख १४ मा कुवेतविरुद्ध टियु मैदानमा खेल्नेछ ।  समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ ।

नेपाली टोली 

कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी,रोहित पौडेल(कप्तान),कुशल मल्ल, आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, गुलशन झा,सोमपाल कामी, करण केसी,सन्दीप लामिछाने

वैकल्पिक खेलाडी
किशोर महतो,अर्जुन साउद,सन्दीप जोरा र सुर्य तामाङ

No description available.

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances