जोडिनुहोस
  • होमपेज
  • एसीसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा

एसीसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानले ओमानसँगको अभ्यास खेलपछि रोहित पौडेलको कप्तानीमा अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो ।

त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा मंगलबारदेखि सुरु हुने एसीसी प्रिमियर कपमा  १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

क्यानले घोषणा गरेको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी छन् ।

त्यसैगरी, वैकल्पिक खेलाडीमा अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो  छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help