जोडिनुहोस
  • होमपेज
  • लगभग १ करोड ६० लाख अफगान बालबालिकालाई मानवीय सहायता आवश्यक

लगभग १ करोड ६० लाख अफगान बालबालिकालाई मानवीय सहायता आवश्यक

काबुल— संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोषले बिहीबार अफगानिस्तानका झण्डै १ करोड ६० लाख बालबालिकालाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको बताएको छ।

लगभग १६ मिलियन (१ करोड ६० लाख) बालबालिकालाई संरक्षण र मानवीय सहायताको खाँचो भएको देश अफगानिस्तान हो जहाँ प्राय जसो बालबालिकाहरू आफ्नो उमेरभन्दा बढी जिम्मेवारीहरूको बोझले दबिएका छन् भने देबालबालिकाको अधिकारबाट बञ्चित रहेका छन् ।

एक भिडियो सन्देशमा, युनिसेफ प्रतिनिधि, फ्रान इक्विजाले अफगानिस्तानका बालबालिका आफ्नो परिपक्वताको उमेर भन्दा पहिले जिम्मेवारी ग्रहण गरिसकेको बताए । ‘अफगानिस्तानमा बालबालिकाको अधिकार निरन्तर हनन भइरहेको छ । बालबालिकासँग तिर्खा मेटाउन सफा पानी वा सुत्न कम्बल पनि छैन’ उनको भनाईलाई उद्दृत गर्दै खामा प्रेसले लेखेको छ ।

इक्विजाले यो पनि औंल्याए कि देशमा बालबालिकाको अवस्था नाजुक छ, किनकि केही बालबालिकाहरू आफ्नो परिवारको लागि ‘रोटी’ को लागि श्रम गर्ने गरेका छन् ।

धेरै बालबालिका हिंसा वा कम उमेरमा विवाहको डरले बाँचिरहेका छन्। धेरैजसो दोहोरो जिम्मेवारीको बोझले दबिएका छन्, उनले भने।

खामा प्रेसका अनुसार सन् २०२३ मा लगभग २३ लाख बालबालिकाले तीव्र कुपोषणको सामना गर्ने प्रक्षेपण गरिएको छ । तालिबानले देशमा नियन्त्रण गरेपछि, अन्तर्राष्ट्रिय समुदायको प्रतिबन्ध पछि, देशले आर्थिक, तीव्र मानवीय र मानवअधिकार संकटको सामना गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Валютный рынок Википедия