जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानमा बढ्दो बेरोजगारी समस्याका कारण युवा अवैध आप्रवासीको बाटो रोज्न बाध्य

अफगानिस्तानमा बढ्दो बेरोजगारी समस्याका कारण युवा अवैध आप्रवासीको बाटो रोज्न बाध्य

काबुल— काबुलका युवाहरूले अफगानिस्तानमा बेरोजगारी बढ्दै गएकाले अवैध आप्रवासीको बाटो रोज्न बाध्य भएको टोलो न्यूजले जनाएको छ ।

अहिलेको अवस्थामा जीवनयापनका लागि खर्च धान्न गाह्रो भएकोले छिमेकी वा परदेशमा जान बाध्य भएको युवाहरुको भनाइ छ ।

अबुबकर लघमानका बासिन्दा र ९ सदस्यीय परिवारका प्रमुख हुन् । उनले अवैध रूपमा इरान जाने निर्णय गरेका थिए ।‘म कामको लागि इरान जान चाहन्छु, म १२ कक्षामा पढ्छु तर अब म स्कूल छोड्न चाहन्छु ।’ अबुबकरले भने।

काबुलका युवाहरू गरिबीबाट दिक्क भएका छन् र तालिबानलाई काम र शिक्षा क्षेत्रमा अवसरहरू उपलब्ध गराउन आह्वान गरेका छन्।

काबुल निवासी अब्दुल अलीले भने, ‘हामी सरकारलाई युवाहरूका लागि काम र शिक्षित पुस्ता उपलब्ध गराउन आग्रह गर्छौं ताकि युवाहरू विदेश जान बाध्य नहोस्।’

तालिबानको अर्थ मन्त्रालयले उनीहरूसँग देशमा गरिबी घटाउन ठूला आर्थिक परियोजनाहरू रहेको दाबी गरेको छ । यो परियोजनाले सयौं युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने बताएको छ।

‘गरिबी घटाउन, साना र मझौला उद्योगहरूलाई सुदृढ पार्ने, आधा सम्पन्न परियोजनाहरू र विकास परियोजनाहरू सक्रिय गर्ने, साथै बृहत् आर्थिक परियोजनाहरू सुरु गर्ने तालिबान आर्थिक मन्त्रालयका राज्यमन्त्री अब्दुल लतिफ नाजारीले भने।

प्रतिवेदनका अनुसार दैनिक सयौं मानिस छिमेकी मुलुकमा अनैतिक रुपमा जाने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options