जोडिनुहोस
  • होमपेज
  • भूकम्प पीडितको चिसोका कारण मृत्यु

भूकम्प पीडितको चिसोका कारण मृत्यु

काठमाडौं – जाजरकोटको बारेकोट रामिडाँडाका भूकम्पपीडित डुमे पुनको चिसोका कारण मृत्यु भएको छ।

उनको त्रिपालमै मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिले जानकारी दिए। उनी अस्थायी त्रिपालमा आश्रय लिएर बस्दै आएका थिए।

बारेकोटमा भूकम्पपीडितका लागि व्यवस्थित त्रिपाल, कम्मल, न्यानो कपडा, म्याट लगाएका दुई हजार सेट राहत सामग्री तत्काल आवश्यक परेको गिरिले बताए।
१७ कात्तिकको भूकम्पमा परी जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ जनाको ज्यान गइसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to calculate predetermined overhead rate