जोडिनुहोस
  • होमपेज
  • मौसम : चट्याङ, डढेलो, हावाहुरी र प्रदूषणको जोखिम

मौसम : चट्याङ, डढेलो, हावाहुरी र प्रदूषणको जोखिम

काठमाडौं— जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा मेघ गर्जनसहित चट्याङ तथा हावाहुरी, जंगलमा डढेलो र त्यसका कारण प्रदूषण उच्च रहने चेतावनी दिएको छ।

अहिले बिहान मौसम अलर्ट जारी गर्दै विभागले देशभर सोही प्रकृतिको जोखिम औंल्याएको हो। खासगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। अन्य प्रदेशमा पनि १—२ स्थानमा सोही प्रकृतिको वर्षाको सम्भावना देखिएको छ।

यस्तै, तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना देखिएको छ। साथै, नेपालमा वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनाहरू बढेकाले काठमाडौं उपत्यकालगायत देशका धेरै भूभागमा तुवाँलोको सम्भावना देखिएको छ। त्यसबाट वायु प्रदुषणमा वृद्धि देखिएको छ।

‘त्यसैले मेघगर्जन, चट्याङ, हावाहुरी, डढेलो र प्रदूषणबाट हुन सक्ने क्षति अनि जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ विभागले भनेको छ।

अहिले देशभर स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ। अहिले बिहान देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली छ।

आज दिउँसो पहाडमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने अनुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमसहित पहाडी भेगमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना देखिएको छ। काठमाडौं उपत्यकालगायत देशका धेरै भूभागमा तुवाँलो लाग्ने छ।

आज राति देशभरको पहाडमा आंशिक बदली रही हिमाल र तराईमा मौसम सफा रहने पूर्वानुमान छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics