जोडिनुहोस
  • होमपेज
  • अपराधीहरू आत्तियो भनेर चुप बस्ने अवस्था छैनः गृहमन्त्री

अपराधीहरू आत्तियो भनेर चुप बस्ने अवस्था छैनः गृहमन्त्री

काठमाडौं।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्कर र भ्रष्टाचारीका संरक्षकहरूले सरकारको कामलाई रोक्न खोजेको बताएका छन् ।

गृह जिल्ला गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूका कारण सरकारलाई काम गर्न कठिन भएको बताए ।

‘यो सरकारको कामले सुदखोरहरू, भ्रष्टाचारीहरू, ठगहरू, तस्करीहरू, अपराधीहरू एकतिर आत्तिएका छन् भने अर्कोतिर सरकारको काममा भाँजो हाल्न खोजेको छ,’ उनले भने, ‘अपराधीहरू आत्तियो भनेर भो अब चुप लागेर बसौँ भन्ने अवस्था छैन ।’

कार्यक्रममा बोल्दै जनताका लागि काम गर्न गएको बताउँदै उनले कसैले पनि सुशासन अन्त्य गर्ने अभियान रोक्ने कल्पना नगर्न सुझाव दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14