जोडिनुहोस
  • होमपेज
  • आज अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस

आज अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस

काठमाडौं।डिसेम्बर १८ अर्थात् अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने नाराका साथ सोमबार दिवस मनाउन लागिएको हो।

दिवस पुस ६ गतेसम्म मनाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रायका सचिव केवलप्रसाद भण्डारीका अनुसार सोमबार बिहान विभिन्न सरोकारवाला समेतको सहभागितामा काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । त्यसपछि आप्रवासी श्रमिकका मुद्दामा विभिन्न कार्यक्रम हुनेछ।

इन्टरनेसनल अरगनाइजेसन फर माइग्रेसन (आइओएम) रिपोर्टअनुसार विभिन्न मुलुकका २८.१ करोड मानिस एक देशबाट अर्को देशमा बसोबास गरिरहेका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट आर्थिक वर्ष २०५०/५१ देखि २०७९/८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएका छन्, जसमा करिब चार लाख महिला छन्। पछिल्ला दुई वर्षमा विदेश जानेको संख्या छ लाख ३० हजार र सात लाख ७१ हजार छ।

नेपालबाट रोजगारीको खोजीमा सबैभन्दा ठूलो संख्यामा मलेसियालगायत खाडी मुलुकमा युवा जाने गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Начните торговать с мобильного