जोडिनुहोस
  • होमपेज
  • पाँच महिनामा साढे २४ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता

पाँच महिनामा साढे २४ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा साढे २४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागकाअनुसार साउनदेखि मंसिरसम्ममा २ सय २० वटा उद्योगमा २४ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

नयाँ उद्योगमा लगानी गर्नको लागि २० अर्ब ६१ करोड रुपैयाँ र पुराना उद्योगमा लगानी थपको लागि तीन अर्ब ७४ करोड रुपैयाँको प्रतिबद्धता आएको विभागले जनाएको छ ।

लगानी प्रतिबद्धता भएकामध्ये ३ वटा ठूला उद्योग, ७ वटा मध्यम र १ सय ८९ वटा साना उद्योग दर्ता भएका छन् । सबैभन्दा धेरै आकर्षण पर्यटन क्षेत्र अन्तर्गत होटलमा देखिएको छ ।

वैदेशिक लगानीको आधा हिस्सा होटल क्षेत्रको लागि रहेको छ । प्रतिबद्धता अनुसार लगानी भएमा नयाँ र पुराना उद्योगबाट थप १० हजार १ सय २० जनाले रोजगारी पाउने विभागको भनाइ छ । मंसिरमा मात्रै विदेशी लगानीमा २१ वटा नयाँ उद्योग दर्ता भएका छन् भने २ अर्ब २५ करोड ६२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options