जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • पाकिस्तानको कराची बासिन्दाद्वारा जबरजस्ती निष्काशन गरेकोमा विरोधमा प्रदर्शन

पाकिस्तानको कराची बासिन्दाद्वारा जबरजस्ती निष्काशन गरेकोमा विरोधमा प्रदर्शन

कराचाीः पाकिस्तानको कराचीका बासिन्दाले आफूहरुलाई जबरजस्ती निष्काशन गरेकोमा विरोध प्रर्दशन गरेका छन् ।

गुज्जर र ओराङ्गी नल्लाह, मुजाहिद कालोनी, कराची सर्कुलर रेलवे र अन्य क्षेत्रका बासिन्दाहरूले जबरजस्ती निष्काशन गरेकोमा विरोध प्रदर्शन गरेका छन् र उनीहरूलाई तुरुन्तै पुनर्वास दिन सरकारलाई आग्रह पनि गरेका छन्।

डन पत्रिकाका अनुसार पाकिस्तानको आर्ट्स काउन्सिलबाट कराँची प्रेस क्लबसम्मको र्‍यालीमा कराची बचाओ तेहरिकले आयोजना गरेको घर बहाली र्‍यालीमा हजारौं प्रभावित व्यक्तिहरू सहभागी भएका थिए।

आन्दोलनकारीले छिटो पुनर्वास र पुनर्स्थापनाको माग गरेका छन् । प्रभावित व्यक्तिहरूमा महिला, बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू पर्छन्।

ओराङ्गी टाउनकी रोशन आराले आफूलाई भाडामा दिइएको १२० वर्ग गज जमिनमा आफ्नो घर बनाएको भए पनि सार्वजनिक सम्पत्तिमा अतिक्रमण गरेको आरोप लागेपछि धेरैजसो भत्काइएको दाबी गरेकी छन्।

‘म मेरो ठाउँको एउटा सानो पछाडिको कोठामा बस्छु, जुन बाँकी छ’, उनले विलाप गरिन्।

ओराङ्गी टाउनकी निवासीका रूपमा निघत फातिमाले ओराङ्गी नल्लामा १२० स्क्वायर गजको घर भएको दाबी गरिन्, जसमध्ये अहिले एउटा ब्लक पनि बाँकी छैन।

‘मेरो परिवार र म घरबिहीन छौं। उनले रुदैँ भनिन्, ‘हामी खुला आकाशमुनि सडकको छेउमा बस्छौं ।’

प्रर्दशनकारीले प्रभावित बासिन्दाको पुनर्स्थापना गर्न निष्पक्ष समिति गठन गर्न माग गरेको छ

आफ्नो सामाजिक सम्बन्ध, आर्थिक सम्भावना र बालबालिकाको पढाइको लागि भएपनि प्रभावित व्यक्तिलाई आफ्नै क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК