जोडिनुहोस
  • होमपेज
  • सन्तवीर र मायालुलाई तामाङ मिडिया अवार्ड

सन्तवीर र मायालुलाई तामाङ मिडिया अवार्ड

तामाङ मिडिया अवार्ड २०८० पत्रकार सन्तवीर लामा मोक्तान र मायालु ङेसुरलाई प्रदान गरिएको छ। तामाङ पत्रकार संघ केन्द्रीय समितिले आयोजना गरेको २९ औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजित कार्यक्रममा सन्तवीर र मायालुलाई बागमती प्रदेशका ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री तीर्थबहादुर लामाले अवार्ड प्रदान गरेका हुन्।

२०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा ‘तामाङ ताम्ला सान्ग्युर’ अर्थात तामाङ भाषाको समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गतेलाई तामाङ पत्रकारहरुले प्रसारण दिवसको रुपमा मनाउँदै आएको छ। सन्तवीर धरानबाट प्रकाशन हुने ब्लास्ट राष्ट्रिय दैनिकमा कार्यरत छन् भने मायालु इण्डिजिनियस टेलिभिजनका कार्यक्रम उत्पादक तथा प्रस्तोता हुन्।

कार्यक्रममा तामाङ पत्रकार संघले प्रकाशन गरेको ‘ह्याङला काई’ विशेषको विमोचन गरेको छ। चन्द्रकुमार मोक्तानको पुरानो तामाङ गीत ‘साङाला जिर्मा ग्वाईबारी म्हेन्दो’ नयाँ रिमिक्स भर्सन गीतको भिडियो पनि सार्वजनिक गरेको छ। नयाँ रिमिक्स गीतमा गायक सुनिल लामा र गायिका सोनिया लामाले स्वर दिएका छन्। वाइएसके ग्रुपले र्याप भरेका छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics