जोडिनुहोस
  • होमपेज
  • बारा २ का जनताले विकास हेर्न चाहेका छन वैशाख १० को उपनिर्वाचनमा एमाले को जीत पक्का

बारा २ का जनताले विकास हेर्न चाहेका छन  वैशाख १० को उपनिर्वाचनमा एमाले को जीत पक्का

बारा – नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा-२ का जनताले विकास हेर्न चाहेका कारण वैशाख १० गतेको उपनिर्वाचनमा एमालेलाई विजयी गराउने बताएका छन् ।

चुनावी अभियानका क्रममा पचरौता पुगेका उम्मेदवार पौडेलले संचारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेलाई जिताउन बारा २ का आम मतदाता आतुर रहेको सुनाए ।

एमालेले नेतृत्व गर्न नपाएका कारण बारा-२ विकासमा पछि परेको नेता पौडेलको भनाई थियो । नेता पौडेलले विकासको एजेण्डा बोकेर एमाले मतदातामाझ पुगिरहेको र मतदाता पनि एमालेलाई मत हाल्नका लागि उत्साहित रहेको बताए ।

‘देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै रहेको भन्ने जनताले बुझेका छन्’ उम्मेदवार पौडेलले भने ‘जनताले अब जातिय नारा बोकेर आउनेलाई होइन, विकासको एजेण्डा बोकेर आउनेलाई मत दिन्छन् ।’ एमालेले यतिबेला जनताको आवश्यकतासँग जोडिएको विकासलाई प्राथमिकतामा राखेको उनले बताए ।

सत्ता र स्वार्थका लागि मतदाताको भावनासँग खेल्नेहरूलाई जनताले अब चिनिसकेको भन्दै उम्मेदवार पौडेलले बारा २ को मुहार फेर्नका लागि पनि एमालेको आवश्यकता रहेको दाबी गरे ।

घरदैलोका क्रममा पचरौता, महागढीमाई, करैयामाई, देवताल, सुवर्ण र कोल्हबी क्षेत्र घुम्ने क्रममा जनताले एमालेको पक्षमा खुलेर मत मागिरहेको उम्मेदवार पौडेलले जनाए । वैशाख १० गते यस क्षेत्रले एमालेलाई जनप्रतिनिधिका रूपमा पाउने र विकासका कामले गति लिने उम्मेदवार पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Vegas Casino: Dragon Slots