जोडिनुहोस
  • होमपेज
  • नेपाल महिला फुटबल टिमको समर्थन गर्न युनिलिभर नेपाल र एन्फाबीच साझेदारी

नेपाल महिला फुटबल टिमको समर्थन गर्न युनिलिभर नेपाल र एन्फाबीच साझेदारी

काठमाडौं । व्याक्तिगत हेरचाहका बस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनि युनिलिभर नेपाल, आफ्नो सम्मानित ब्राण्डहरुका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको घोषणा गरेको छ । सहकार्यद्वारा युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा अझ जोड दिएको छ ।

विभिन्न क्षेत्रहरुमा नेपाली महिलाहरुको योगदान बढ्दै गइरहेको वर्तमान परिप्रेक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताका महिला खेलाडीहरुमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसात गर्दै युनिलिभर नेपालले खेलकुदमा महिलाको विकास र सशक्तिकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरुको आधार तयार गर्न उल्लेखनीय योगदान पु¥याउन खोजेको बताइएको छ ।

यस प्रायोजन मार्फत, युनिलिभर नेपालले सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवद्र्धन गर्न नजिकबाट काम गर्नेछ । साथै उक्त टोली र महिला खेलाडीहरूको विकास र सफलतामा योगदान पु¥याउने एवम् आगामी पुस्ताका महिला खेलाडीलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा पु-याउने लक्ष्य लिएको छ ।

युनिलिभर नेपाल, फुटबलमा मात्र नभई त्यसभन्दा बाहिर पनि सकरात्मक प्रभाव पार्न प्रतिबद्ध रहेको छ । युनिलिभर नेपालले आफ्ना विभिन्न परियोजना एवम् सन्देशहरुमार्फत न्याय, समानता र सामाजिक कल्याणको सशक्तिकरणमा बलियो अडान लिने गरेको छ । यस कम्पनीका ब्राण्डहरुः Lifebuoy र Dove ले , स्वच्छता, स्वास्थ्य, आत्म–सम्मानको प्रर्वधन गर्दै, समाजद्वारा निर्धारित सौन्दर्य मापदण्डलाई चुनौती दिनेकुरामा अग्रपङ्क्तिमा रहेको र ब्राण्डहरुप्रतिको विश्वासलाई सदुपयोग गरेर युनिलिभर नेपालले, समुदायहरूलाई सशक्त बनाउन र महिला खेलाडीहरूको लागि दिगो परिवर्तन सृजना गर्न आफ्नो प्रयास सदैव जारी राहने युनिलिभरले बताएको छ ।

युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) एकसाथ उभिनाले खेलकुदमा महिलाहरूको लागि भविष्य अझ उज्यालो बनाउने र महिला फुटबल खेलाडीहरूको पुस्तालाई प्रेरित गर्छ भन्ने मुख्य लक्ष्य लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV