जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय वृद्ध पक्राउ

कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय वृद्ध पक्राउ

कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय एक फरार प्रतिवादी पक्राउ परेका छन्। साढे २१ वर्ष जेल सजाय तोकिएका रोल्पाको रुन्टीगढी गाउँपालिका(१ रिठाबोटका ९२ वर्षीय पहिले कामीलाई प्रहरीले आज घरबाटै पक्राउ गरेको हो। जिल्ला अदालत रोल्पाले २६ वर्ष पहिले २०५४ र १२ र १० गते कर्तव्य ज्यान मुद्दामा कामीविरूद्ध २१ वर्ष ६ महिना कारावासको सजाय तोकेको थियो। अदालतको फैसलापछि कामी फरार रहँदै आएका थिए। पक्राउपछि भदौ १ गते उनलाई अदालत उपस्थित गराइएको र अदालतको आदेशलाई तोकिएको कारावास सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?