जोडिनुहोस
  • होमपेज
  • भारतमा आयोजित एक मेलामा खाजा खाएका ८० जना विषाक्त खानाका कारण अस्पताल भर्ना

भारतमा आयोजित एक मेलामा खाजा खाएका  ८० जना विषाक्त खानाका कारण अस्पताल भर्ना

नयाँ दिल्ली– भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका अधिकारीहरूले बताएका छन् ।

गएराति कर्माटाँड क्षेत्रका दर्जनौं मानिसले पेट दुख्ने र बान्ता हुने समस्या रिपोर्ट गरेका थिए । उनीहरू भोक्टा मेलामा गएको र त्यहाँ खाजाका रूपमा चाट खाएका थिए । एक अधिकारीले भने, ‘बिरामीको अवस्था र रिपोर्टिङ् सुन्दा मुख्यतया खानामा मिसावट भएको हुन सक्ने देखिन्छ ।

शहिद निर्मल महतो मेडिकल कलेज एण्ड हस्पिटलका मेडिसिन विभागका प्रमुख युके ओझाका अनुसार एक बच्चाको अवस्था गम्भीर रहेको अवस्थामा ८० जनालाई भर्ना गरिएको छ ।

स्थानीय प्रशासनले गाउँका जनताको स्वास्थ्यको निगरानीको आवश्यकता पूरा गर्न स्थानीय स्वास्थ्य संस्थामा थप चिकित्सक र नर्स पठाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help