जोडिनुहोस
  • होमपेज
  • संस्कृति मन्त्रीको राजीनामा माग्दै प्रदर्शन, भाषणलाई तोडमोड नगर्न किरातीको आग्रह

संस्कृति मन्त्रीको राजीनामा माग्दै प्रदर्शन, भाषणलाई तोडमोड नगर्न किरातीको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै काठमाण्डौमा प्रदर्शन भएको छ । धर्मको बारेमा मन्त्री किरातीले दिएको अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ सङ्गठन नेपाल सनातन धर्म संस्कृति सङ्गठनले आज बिहीवार पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन गरेको हो ।

हिजो बुधवार भएको एक कार्यक्रममा मन्त्री किरातीले क्रिस्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । यो अभिव्यक्तिलाई लिएर हिन्दु धर्मसँग सम्बन्धित सङ्घ–संस्थाले विरोध जनाएका छन् । तर मन्त्री किरातीले आज सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफूले धर्मनिरपेक्ष देशमा सबै धर्म बराबर हुने आफ्नो अभिव्यक्तिको आशय रहेको बताउनुभएको छ । संविधानले नै देशलाई धर्मनिरपेक्ष घोषणा गरेको सन्दर्भमा कुनै धर्मप्रति घृणा फैलाउन नहुनेमा आफ्नो जोड रहेको उहाँको भनाइ छ । आफू हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन सबै धर्मावलम्बीका कार्यक्रममा जाने गरेको भन्दै मन्त्री किरातीले भाषणलाई तोडमोड नगर्न आग्रह पनि गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help