जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिम कानुनमन्त्री सिंहको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित, बैठक स्थगित

सुदूरपश्चिम कानुनमन्त्री सिंहको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित, बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आधि घण्टाको लागि बैठक स्थगित गरेका हुन्।

बैठकमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर मृत्यु भएपछि शोक प्रस्ताव पारित गरेको छ।

प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला सांसद सरह नै सम्मान प्रकट गर्ने भन्दै सुरुमै शोक प्रस्ताव पारित गरेर बैठक स्थगन गरिएको छ।

यो प्रतिनिधिसभामा आजदेखि नयाँ अभ्यास सुरुआत गरिएको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help