जोडिनुहोस
  • होमपेज
  • अमेरिकी राष्ट्रपतिको निवासमा न्याय विभागको छापा, गोप्य दस्ताबेज जफत

अमेरिकी राष्ट्रपतिको निवासमा न्याय विभागको छापा, गोप्य दस्ताबेज जफत

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा अमेरिकी न्याय विभागले छापा मारेको छ ।

बाइडेनको डेलावेरको वेलमिङटनस्थित घरबाट थप छ गोप्य दस्ताबेज अमेरिकी अधिकारीहरूले जफत गरेका छन् ।

कतारी विश्व च्यानल अलजजिराका अनुसार गोप्य दस्ताबेज जफत भएको बाइडेनका वकिल बोब बाउरले पुष्टि गरेका छन् ।

डेलावेर क्षेत्रबाट बाइडेन सन १९७३ देखि २००९ सम्म सेनिटर भएका थिए। उक्त घरबाट ओबामा कालमा उपराष्ट्रपति हुँदाका २००९ देखि २०१७ सम्मका गोप्य दस्ताबेज पनि भेटिएको बताइएको छ।

शुक्रवार अमेरिकी न्याय विभागका अधिकारीहरूले १३ घण्टा खानतलासी गरेर गोप्य दस्ताबेज जफत गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help