जोडिनुहोस
  • होमपेज
  • नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश

नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश

काठमाडौं : नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार च्यासलमा आयोजित कार्यक्रममार्फत नेता न्यौपाने सहितका ३० जनाको टोली एमालेमा प्रवेश गरेको हो।

उनले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका थिए। न्यौपाने सहितका नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए।एमाले प्रवेश गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टी नै नभएको टिप्पणी गरे।

न्यौपानेले एकीकृत समाजवादी पार्टीले नेपालमा गरी नखाने उल्लेख गर्दै समाजवादी पार्टीले समाजवाद नल्याउने बताए।

उनले एकीकृत समाजवादी पार्टी छोड्ने अभियान जारी रहने बताउँदै एक देश एक कम्युनिष्ट पार्टी हुनुपर्ने बताए। उनले एमालेको झण्डा मुनी आउन एकीकृत समाजवादीमा रहेका सबै नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Sports Betting at Non Gamstop Free Spins No Deposit