जोडिनुहोस
  • होमपेज
  • युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण

अन्तर्राष्ट्रिय

युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण

युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण

रुसको राजधानी मस्कोको मध्य भागस्थित एक निर्माणाधीन भवनमा ड्रोनबाट आक्रमण भएको त्यहाँका मेयरले बताएका छन्।

मेयर सेर्गेइ सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राम मार्फत दिएको जानकारी अनुसार हवाई प्रतिरक्षा प्रणालीले अर्को ड्रोन मस्कोको मोजाइस्क इलाकामा खसालिदिएको थियो।

कुनै हताहत भएको खबर भने आएको बीबीसीले जनाएको छ।

रिया समाचार एजेन्सीका अनुसार खिम्की र मितिनो इलाकामा पनि विस्फोटनहरू भएका बारे आपत्कालीन सेवा प्रदायकहरूलाई सूचना गरिएको थियो।

रुसको रक्षा मन्त्रालयले उसले युक्रेनबाट भएका ड्रोन हमलालाई विफल बनाइदिएको बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help