जोडिनुहोस
  • होमपेज
  • हाम्रो कार्यक्रम बाघको जस्तो, दुर्गा प्रसाईंको कार्यक्रम कुकुरको जस्तोः महेश बस्नेत

हाम्रो कार्यक्रम बाघको जस्तो, दुर्गा प्रसाईंको कार्यक्रम कुकुरको जस्तोः महेश बस्नेत

नेकपा (एमाले) का नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईं समूहको प्रदर्शनलाई कटाक्ष गरेका छन् । उनले युवा संघको कार्यक्रम बाघको जस्तो र प्रसाईं समूहको कार्यक्रम कुकुरको जस्तो भएको बताएका छन् ।

बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित युवा संघको शक्ति प्रदर्शनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रसाईं समूहलाई ठीक ठाउँमा बस्न चेतावनी दिए ।

उनले भने, ‘हामीले भनेका थियौं हाम्रो कार्यक्रम बाघको जस्तो हुन्छ र दुर्गा प्रसाईंको कुकुरको जस्तो लम्पसार पर्छ भनेर । मान्छेले पत्याएका थिएनन् । आज हावा फुस्केको छ । भोलिदेखि ठीक ठाउँमा बस । हामी सल्लाह गर्दैछौं, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दैछौं ।’

उनले नेकपा ९माओवादी केन्द्र० लाई ३२ सिटे पार्टी भन्दै व्यंग्य गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाएमा सिंहदरबारको कुर्सीबाट हटाएर माइतीघरमा ल्याउने चेतावनी दिए ।

उनले भने,‘म प्रधानमन्त्रीलाई झीर खोपेर सुन्न चेतावनी दिन्छु, तपाईं सच्चिनु भएन भने तपाईंको ३२ सिटे पार्टी र तपाईं आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाउनुभयो भने प्रचण्डलाई सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो, त्यो तागत युवा विद्यार्थीसँग छ, एमालेसँग छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help