जोडिनुहोस
  • होमपेज
  • गुलरियामा महोत्सव शुरु, गाँउमा बनेको जाँडको झोल अन्तराष्र्टिय बजारमा बेच्छौ मुख्यमन्त्रि चौधरी

गुलरियामा महोत्सव शुरु, गाँउमा बनेको जाँडको झोल अन्तराष्र्टिय बजारमा बेच्छौ मुख्यमन्त्रि चौधरी

मुरली गोडिया,गुलरिया

बर्दियाको सदरमुकाम गुलरियामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रि डिल्ली बहादुर चौधरीले संस्कृति बचाउन, ब्रान्डिङ्ग र मार्केटिङको लागि प्रदेश सरकार तयार रहेको बताएका छन । “मेला महोत्सवले यहाँको विभिन्न किसिमका संस्कृतिको सन्देश दिएर जिल्लालाई चिनाउन सक्छन् । गाउँ गाउँमा सांस्कृतिक कार्यक्रम गरौं । कुन कुन गाउँमा के देखाउन सकिन्छ त्यसलाई ब्रान्डिङ्ग गरौं । ब्राडिङ्ग गरेको संस्कृतिलाई अगाडि बढाउनको लागि खर्च गर्न प्रदेश सरकार तयार छ ।” मुख्यमन्त्रि चौधरीले भने ।
“हामीले उत्पादनको कुरा गर्छौ । ठुला फ्याट्रि आउदैनन् भने गाउँलाई नै कसरी उद्योग बनाउने । हरेक घरमा ठुलो कुखुराको प्लानिङ्ग गर्नु भन्दा प्रत्येक घर घरमा दुई÷दुई सय कुखुरा दिएर टेक्निकल सपोर्ट गरौं ।” चौधरीले थपे । हामीले जपान, कोरियामा बनेका विदेशी रक्सि खाने तर यहाँको जाँडको झोल थारुले बनाएको भन्ने । थारु समुदायकले घरमै तयार गर्ने जाँड,महुवाको रक्सि लगायतका स्थानिय उत्पादनलाई अव ब्राडिंग गरि स्वादेश मात्र नभई विदेशमा समेत निर्यात गर्ने समय आएको उनले भने । मुख्यमन्त्रि चौधरी भने “अब ठुलो ठुलो कुरा गरेर देश चल्दैन । अब गाउँलाई नै कसरी उद्योग बनाउने त्यसको लागि बजेट छुट्याएको छ । अब महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्योग वाणिज्य संघ, स्थानीय सरकार र प्रदेश सरकार मिलेर बढौं,त्यसमा प्रदेश सरकार तयार रहेको छ ।” मुख्यमन्त्री चौधरीले सुझाव दिए ।
गुलरिया मुर्तिहा भन्सार खोलाउन भारतीय पक्षसंग कुरा गरेको छु । अब हुुने भारत भ्रमणमा गुलरिया मुर्तिहा भन्सार खुलाउने जोडतोड गर्ने मुख्यमन्त्रीले भने पौष ६ गते शुक्रबार उद्घाटन भएको महोत्सव पौष १६ गतेसम्म चल्नेछ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक ९ निलो आयल पेट्रोल पम्मको पुर्व पट्टि०लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help