जोडिनुहोस
  • होमपेज
  • बुद्धका शिक्षा पछ्याएर भारतले प्रगति गरिरहेको छः भारतीय प्रधानमन्त्री मोदी

बुद्धका शिक्षा पछ्याएर भारतले प्रगति गरिरहेको छः भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विगत नौ वर्षमा बुद्धका शिक्षाहरू पछ्याएर ठूलो प्रगति गरिरहेको बताएका छन् ।

नयाँ दिल्लीमा ग्लोबल बुद्धिस्ट समिट २०२३ मा भारतीय प्रधानमन्त्री मोदीले भारतले बुद्धको सिद्धान्त, अभ्यास र यथार्थको मार्ग सहित बुद्धले दिएका विभिन्न शिक्षाहरू अनुसरण गरेको छ।

भारतले आफ्नो स्वतन्त्रताको ७५वर्ष मनाउँदै गर्दा विश्व बौद्ध शिखर सम्मेलन आयोजना भएको छ । उनले भारत विकसित देश बन्ने दिशामा अगाडि बढिरहेको बताए।

भारतले मात्र होइन, सम्पूर्ण विश्वको कल्याणको लागि बौद्धको शिक्षा अवलम्बन गर्नुपर्ने मोदीले बताए । ‘विजय, पराजय, लडाई, युद्धको अनुभूतिलाई त्याग्यौं भने मात्र हामी खुशीलाई अँगाल्न सक्छौं। भगवान बुद्धले यी सबैलाई जित्ने मार्ग सिकाउनुभएको छ। शत्रुता रिसले हराउन सक्दैन, तर प्रेमले हराउन सकिन्छ। वास्तविक सुख शान्तिमा हुन्छ’, उनले भने।

‘संसारलाई सुखी बनाउन चाहन्छौं भने आत्म, संसार र संकीर्ण सोच त्यागेर बुद्धको यो समावेशी मन्त्र अनुशरण गर्नु पर्ने हुन्छ,’ उनले भने ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा रुस–युक्रेन युद्धको पनि उल्लेख गरेका छन् । उनले बुद्धको मार्ग भविष्यको मार्ग हो, दिगोपनको मार्ग हो भने।

उनले अघि भने, ‘यदि विश्वले बुद्धको उपदेशलाई पालना गरेको भए जलवायु परिवर्तनजस्तो संकट पनि हाम्रो अगाडि आउने थिएन। यो संकट पछिल्लो शताब्दीमा केही देशहरूले अरूको बारेमा, भावी पुस्ताको बारेमा सोचेनन् ।’

विश्वका विभिन्न देशमा शान्ति अभियान होस् वा टर्कीमा भूकम्पजस्तो विपद्मा भारत हरेक संकटको घडीमा मानवतालाई अग्रपथमा राखेर अघि बढेको भारतीय प्रधानमन्त्री मोदीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका