जोडिनुहोस
  • होमपेज
  • पठाओ र इनड्राइभमा ‘अफलाइन राइड’ गराएको आरोपमा ४८ जना पक्राउ

पठाओ र इनड्राइभमा ‘अफलाइन राइड’ गराएको आरोपमा ४८ जना पक्राउ

राइड शेयरिङ एपका नाममा अफलाइन यात्रा गराएको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ । शनिबार काठमाडौंका विभिन्न स्थानबाट अनधिकृत रुपमा सर्वसाधारणलाई ओसारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । उनका अनुसार, पठाओ र इनड्राइभबाट अफलाइनमा यात्रु आसार्ने ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । ‘विगतका केही आपराधिक घटनामा यस्ता सवारीसाधनको संलग्नता देखिएका छन्’, उनले भने, ‘त्यसैले सुरक्षा संवेदनशीलताको दृष्टिले सधैं जोखिम सिर्जना हुने भएकाले अफलाइन राइड शेयर नगर्न समेत सम्बन्धितमा सचेत गराउँछौं ।’ पक्राउ परेकाहरुलाई मातहतका विभिन्न वृत्त र प्रभागहरुमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road 2 Game Free Money Demo + Download App apk