जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • सन्दीपको मुद्दामा आज पेशी

देश

सन्दीपको मुद्दामा आज पेशी

  • Sagarmatha TV
  • शुक्रबार, फाल्गुन १२, २०७९
सन्दीपको मुद्दामा आज पेशी

काठमाडौँ । सर्वोच्च अदालतले सन्दीप लामिछानेको मुद्दाको पेशी आजका लागि तोकेको छ । लामिछानेले हिजो सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए। धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

एक दिवसीय मान्यता जोगाइराख्न संघर्षरत नेपालले केही समयपछि युएईमा हुने क्रिकेट खेल्न सन्दीप जान नमिल्ने भएपछि उनले सर्वोच्चमा निवेदन दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
‎The Revenant Apple TV