जोडिनुहोस
  • होमपेज
  • यो देश अब युवाले हाँक्छन् : लामिछाने

यो देश अब युवाले हाँक्छन्  :  लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यवस्था सुध्रिए पनि जनताको अवस्था नसुध्रिएको बताएका छन्।

सोमबार लोकतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सभापति लामिछानेले ऐतिहासिक राजनीतिक परिवर्तन भए पनि नागरिकको अवस्था सुध्रिन नसकेको बताएका हुन्।

यो देशलाई यो बिन्दुसम्म ल्याउन कयौंले जीवनको आहूति दिएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा कहिलेकाहीँ सोच्छु— ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ? अहिलेको देश देख्दा लाग्छ— हामी दशकौं पहिले जहाँ थियौं अहिले पनि त्यहीँ छौं। व्यवस्था त सुध्रियो, नागरिकको अवस्था सुध्रिएन । यो लोकतन्त्र दिवसले ती तमाम  अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन् उनले भनेका छन्।

लामिछाने चितवन–२ को उपनिर्वाचनमा उम्मेदवार छन्। मंसिर ४ गतेको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका लामिछाने नागरिकता प्रकरणपछि पदमुक्त भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Sports Betting at Non Gamstop Free Spins No Deposit