जोडिनुहोस

हालको खबर

Contact us
  • २ मिनेटutes अगाडि
rorabacks-funkyfruit-stand-on ebay
  • १३ मिनेटutes अगाडि
Funky Fruits Position Opinion & Extra ᐈ Book-of-Ra-Enjoy com
  • २४ मिनेटutes अगाडि
Greatest Zero Minimum Deposit Casinos 2025 Lower Put Web sites
  • ३२ मिनेटutes अगाडि
12 Best Bitcoin Gambling enterprise Free Spins inside 2026
  • ३९ मिनेटutes अगाडि
Greatest Zero Betting Casino Bonuses inside 2025
  • ४७ मिनेटutes अगाडि
  • होमपेज
  • ठूला राजनीतिक दलप्रति जनताले चासो देखाउन छाडे

ठूला राजनीतिक दलप्रति जनताले चासो देखाउन छाडे

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्।

सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा  पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता औंल्याएको बताएको पार्टीका सांसद रामहरि खतिवडाले बताएका हुन्।

उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरुसँग चासो राखेको बताए।

उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्‍नुपर्ने बताएको जानकारी दिए।

बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बिपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए।

सांसदहरुले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताए।

उनले भने, ‘नेपाली कांग्रेस संसदीय दलले अब केही समयपछि आउने बजेटमा सांसदहरुको धारणा के छ? भन्नेकुराको बारेमा छलफल गरेको छ। पार्टी सभापतिज्यूले अहिले देशको विषम परिस्थिति छ। यसलाई अब कसरी लैजाने? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो।

सांसद खतिवडाले सांसदहरुले आगामी बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा थारैमा एउटा नागरिकले देख्‍ने योजना, स्थानीय तहको कार्यालयमा जाने बाटोहरु कालोपत्रे गर्ने र व्यवस्थित शहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताए।

आइतबार सम्पन्न भएको चितवन, तनहुँ र बारामा भएको उपनिर्वाचनमा ठूला पार्टीहरूले अपेक्षा गरेअनुसार मत नपाएको देखिन्छ। तनहुँ १ मा यो समाचार तयार पारुन्जेलसम्मको प्राप्त नतिजाअनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन्। चितवनको मतगणना सुरु भइसकेको छैन भने बारामा मतगणना सुरु भए पनि पछिल्लो मत परिणाम सार्वजनिक भइसकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Contact us

छुटाउनु भयो कि?