जोडिनुहोस

Uncategorized

गजल

गजल

जुलुस छ एयरपोर्टमा जहिले, तिमी देश बनाउने कुरा गर्छौ
देशमै हरथोक दिन्छु भन्दै , किन यस्तो गनाउने कुरा गर्छौ

नीति बन्छ समाचार आउछ, निराश यो जगत बनिसक्यो
रोजगार दिन्छु सबलाई भन्दै, किन झुलाउने कुरा गर्छौ

दशकौ वितिसकेछ यहाँ झुटको खेती अझ कहिलेसम्म
तिम्रै सन्तान विदेशमा, किन लाज पचाउने कुरा गर्छौ

लाजको पसारो बनिसक्यौ, यो नाङ्गो नाच कहिलेसम्म
अरुलाई सधै दोष दिदै पानी माथी ओभाउने कुरा गर्छौ

अलिकती लाज बाकी छ भने, त्यो हुल रोक्ने हिम्मत राख
अन्तर्मनलाई सोध किन, जनतालाई पासो लगाउने कुरा गर्छौ

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14