जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सुरुङ मार्ग निर्माण गर्न सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

सुरुङ मार्ग निर्माण गर्न सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

पाल्पा । सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई तथा स्लोप क्षेत्रको कार्य गर्दा बाटो सांघुरो भएका कारण राजमार्गको सिद्धबाबा खण्ड पुस १६ गतेदेखि एक सय दिन बन्द हुने उनले जानकारी दिए ।

सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द सडक हुने छ भने अत्यावश्यक सवारीसाधनलाई रोक नलगाइएको प्रशासनले जनाएको छ । सुरुङ निमार्ण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसनले सुरुङ निमार्ण कार्य गर्दा यातायात सञ्चालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुने विषयको सूचना प्रभावकारी रुपमा सम्प्रेषण गरी सम्बन्धित नियामक निकाय, समन्वय गर्ने निकाय, यातायात सेवा कम्पनी, राजमार्ग प्रयोगकर्तालाई पूर्ण जानकारी गराउने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Cashback abuse prevention and user impact