जोडिनुहोस
  • होमपेज
  • उर्जा आपूर्ति बन्द हुँदा पाकिस्तानमा अन्धकार

उर्जा आपूर्ति बन्द हुँदा पाकिस्तानमा अन्धकार

एजेन्सी, आर्थिक मन्दीका कारण चरम उर्जा संकट भोगिरहेको पाकिस्तानमा आपूर्ति प्रणाली फेल हुँदा देशको आधा भन्दा ठूलो हिस्सामा अन्धकार छाएको छ ।

सोमबार बिहान बिग्रिएको विद्युत् आपूर्ति प्रणाली अझै पुनर्स्थापना नहुँदा राजधानी ईस्लामावादसहित ठूला शहरहरुमा जनजीवन कष्टकर बनेको छ ।

विद्युत् आपूर्ति बन्द हुँदा संसद पनि ४८ घण्टाका लागि बन्द गरिएको छ । राजधानी ईस्लामावाद, कराँची, लाहोर, पेशावरलगायतका शहरहरु रातभर अन्धकार बनेको थियो ।

उर्जा आपूर्ति बन्द हुँदा अस्पतालहरुमा कोलाहल भएको थियो । आकस्मिक अपरेसन र उपचारहरु समेत रोकिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics