जोडिनुहोस
  • होमपेज
  • डा. वाग्लेलाई सभापति रवि लामिछानेद्धारा बधाई

डा. वाग्लेलाई सभापति रवि लामिछानेद्धारा बधाई

काठमाडौँ– तनहुँ १ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेलाई सभापति रवि लामिछाने बधाई दिएका छन् ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्र्तगत  तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट निर्वाचित भएका वाग्लेलाई सभापति लामिछानेले सोमबार सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।

सभापति लामिछानेले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईँको प्रतिनिधित्वले  स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ।

यसै क्रममा उनले वाग्लेलाई सधैँ सँगै रहने साथी भन्दै संसद्‌मा उनको प्रतिनिधित्वले पार्टी स्थापनाको उद्देश्यलाई स्वर्णिम आयाम दिने विश्वास व्यक्त गरेका छन्।  

सभापति लामिछानेले भनेका छन् ‘संसद्‌मा तपाईँको प्रतिनिधित्वले स्वर्णिम आयाम दिनेछ भन्नेमा विश्वस्त छु।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help