जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • ५४ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • जो बाइडेनद्वारा २०२४ को राष्ट्रपतीय चुनाव लड्ने घोषणा

जो बाइडेनद्वारा २०२४ को राष्ट्रपतीय चुनाव लड्ने घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने पुष्टि गरेका छन् । उनले एक प्रमोशनल भिडियोमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।

तीन मिनेटको यो भिडियोमा उनी पुनः निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । यस भिडियोमा एउटा शब्द ‘स्वतन्त्रता’ मा विशेष जोड दिइएको छ ।

अमेरिकाका ४६ औँ राष्ट्रपति जो बाइडेनले भिडियोमा गर्भपतनको अधिकार, लोकतन्त्रको संरक्षण, मतदानको अधिकार र सामाजिक सुरक्षा सन् २०२४ मा हुने चुनावमा सबैभन्दा महत्त्वपूर्ण विषय हुने बताएका छन् ।

उनले आगामी पुस्तालाई ‘अधिक वा कम स्वतन्त्रता’ र ‘अधिक वा कम अधिकार’ दिने विकल्प मतदातासँग हुने बताए ।

भिडियोको साथमा एक प्रेस विज्ञप्तिमा, बाइडेनले व्हाइट हाउसका वरिष्ठ सल्लाहकार जुली चाभेज रोड्रिग्वेज उनको अभियान प्रबन्धक हुने पनि पुष्टि गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91