जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचार गर्नेलाई आजीवन जेल सजाय हुने ऐनको माग

भ्रष्टाचार गर्नेलाई आजीवन जेल सजाय हुने ऐनको माग

काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार गर्नेलाई आजीवन जेल सजाय हुने ऐनको माग गरेका छन्।

मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो माग गरेका हुन्।

उनले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पुर्‍याउने किसिमबाट कानून बनाउन आवश्यक रहेको बताए।

उनले भ्रष्टाचारीलाई आवश्यक परे सर्वस्वहरणसमेत गर्ने गरी विधेयक ल्याइनुपर्ने बताए।

गिरीले भने, ‘हाम्रा संयन्त्र आफैँ भ्रष्टाचारमा लुप्त भए। त्यहीभित्र डुबेका कारणले यो समस्या आएको हो। देश भ्रष्टाचारले कंगाल भएको छ। अर्थतन्त्र जर्जर भएको छ। गरिबी बढेको छ। जनतामा निराशा बढेको छ। भ्रष्टाचारीहरुलाई हामी कारबाहीको दायरामा ल्याउँछौँ र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पुर्‍याउँछौँ भन्ने संकल्प हामी सबैले गरौँ। २, ४ करोडदेखि २, ४ अर्बसम्म भ्रष्टाचार गर्‍यो भने १४ वर्षभन्दा बढी जेलमा बस्नु नपर्ने गरी यो प्रावधान राख्न खोजिएको छ, त्यो हुन सक्दैन, आजीवन जेल सजाय हुनुपर्छ।’

प्रमुख सचेतक गिरीले देश एक प्रकारले भ्रष्टाचारले कंगाल भएको र जनतामा निराशा बढेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14