जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय सहयोग बाढी पहिरो पीडितलाई खर्च गर्ने पाकिस्तानी प्रधानमन्त्रीको भनाई

अन्तर्राष्ट्रिय सहयोग बाढी पहिरो पीडितलाई खर्च गर्ने पाकिस्तानी प्रधानमन्त्रीको भनाई

इस्लामावाद– अन्तर्राष्ट्रिय समुदायले जेनेभामा पाकिस्तान सरकारलाई सहयोग गर्ने वाचालाई पाकिस्तानी सरकारले ठूलो सफलताको रुपमा लिएको छ । अन्र्तराष्ट्रिय समुदायले १० अर्ब डलर बराबर परियोजना ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले उक्त सहयोग हालै आएको बाढी पीडितको राहत र पुनर्स्थापनाका लागि मात्रै यो रकम खर्च गरिने बताएका छन् । ‘बाढी प्रभावित पाकिस्तानका लागि जेनेभामा भएको दाता सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायले गरेको वाचामध्ये झण्डै ९० प्रतिशत परियोजना ऋणहरू हुन् जुन आगामी तीन वर्षभित्र कार्यान्वयन गरिने छ,’ अर्थमन्त्री इशाक दारले संयुक्त पत्रकार सम्मेलनमा भने।

बाढीपीडितको पुनःस्थापनाका लागि विश्व समुदायको सहयोग लिन पाकिस्तान र संयुक्त राष्ट्रसंघले संयुक्त रुपमा सम्मेलन आयोजना गरेको हो । बैठकमा करिब ४० देशका अधिकारीहरूका साथै निजी दाता र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू भेला भएका थिए। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानको विवेकपूर्ण पैसा खर्च गर्ने क्षमतामा विश्वास गरेको बताएको डन पत्रिकाले लेखेको छ ।

इस्लामिक विकास बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र विश्व बैंकका प्रतिबद्धताहरू समावेश गरी परियोजना ऋण अहिले नै ८ अर्ब नाघेको इशाक दारले बताए।

प्रधानमन्त्री शहबाजले बाढी प्रभावित जनताको पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको प्रतिबद्धताको “हरेक पैसा” सरकारले उपयोग गर्ने वाचा गरे। जुन आगामी तीन वर्षमा पूरा हुने उनको भनाइ छ ।

“जेनेभा सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायले गरेका यी ९.७ अर्ब डलर वाचा पाकिस्तानी राष्ट्रप्रतिको विश्वासको मत हो। हामी तिनीहरूलाई पारदर्शी रूपमा खर्च गर्नेछौं र तेस्रो पक्ष मार्फत लेखा परीक्षण गराउँछौं, प्रधानमन्त्री सरिफले भने। यो प्रतिबद्धताले पाकिस्तानको सरकार र जनतामा रहेको विश्वासको अभिव्यक्ति भएको प्रधानमन्त्रीले दोहो-याए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14