जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • रास्वपा का उम्मेदवार रमेश खरेलको जमानत जफत

रास्वपा का उम्मेदवार रमेश खरेलको जमानत जफत

काठमाडौं : बारा-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ। प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा उनले जम्मा २ हजार ८ सय २७ मत ल्याएका छन्। जमानत बचाउन कुल खसेको मतको १० प्रतिशत ल्याउनु पर्ने हुन्छ।

कुल ६९ हजार २२ मत खसेको उक्त स्थानमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुँदा खरेल चौथो बनेका हुन्।  यादवले २८ हजार ४ सय १५ मत ल्याएका छन् भने दोस्रो भए जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३ सय ३४ मत ल्याएका छन्।

तेस्रोमा नेकपा एमालेका पुरूषोत्तम पौडेलले १० हजार २ सय १६ मत पाएका छन्। उक्त क्षेत्रमा ३४ जना उम्मेदवार चुनावी मैदानमा थिए। गत मंसिर ४ को आम निर्वाचनमा विजयी भएका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ उपचुनाव भएको हो।

चितवन-२ र तनहुँ १ मा रास्वपा उम्मेदवार रवि लामिछाने र स्वर्णिम वाग्ले भारी मतान्तरका साथ विजयी भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК