जोडिनुहोस
  • होमपेज
  • फोटो पत्रकारिता दिवसमा दुई फोटो पत्रकार सम्मानित

फोटो पत्रकारिता दिवसमा दुई फोटो पत्रकार सम्मानित

काठमाडौं  : राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेले ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ।

दिवसका अवसरमा फोटो पत्रकार उषा तितिक्षु र सगरमाथा आरोहीसमेत रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ। ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन घोषणा गरिएको उक्त समान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आथित्यमा उनीहरूलाई आज प्रदान गरिएको हो।

कार्यक्रममा एनएफपिजेले आयोजना गरेको सेतो मच्छिन्द्रनाथ रथ जात्रा फोटो प्रदर्शनी, र पर्यटन फोटो प्रदर्शनीमा फोटो उपलब्ध गराएका फोटो पत्रकारहरूलाई पनि कदर (पत्रले सम्मान गरेको थियो। संस्थाले आज आफ्नो भित्तेपात्रोको विमोचनसमेत गरेको छ।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्ष राजभाइ सुवाल, कविन्द्रमान शाक्य, मीन कृष्ण बज्राचार्य, राजेन्द्र चित्रकार र एनएफपिजे बागमती प्रदेश अध्यक्ष नारायण सिलवाल लगायत संस्थाका सदस्यहरूको उपस्थिति थियो ।

वीरगञ्जकी एक महिलाले चर्खाबाट धागो कात्दै गरेको फोटो  पहिलोपटक गोरखापत्रमा विसं १९८४ मा आजकै दिन गोरखापत्रमा प्रथमपटक फोटोसमाचार छापिएको थियो। सोही फोटो प्रकाशन भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरूले वैशाख १३ गतेको दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रूपमा मनाउँदै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances